आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले ६७ रनको विजयी लक्ष्य पाएको छ।
मलेसियाको क्वालालाम्पुरस्थित किनरारा ओभल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले नेपालसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको हो।
भुटानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ६६ रनको योगफल तयार पारेको थियो।
भुटानका लागि न्वाङ्ग छोडेन र सन्जय वाङग्मुले समान ११ रन जोडे। इभा सोम्सेल वाङजोनले ७ तथा छोडो ओमले ६ रन थपे।
नेपालका लागि अनु कठायत। मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले समान २ विकेट लिए। स्नेहा महराले १ विकेट झारिन्।
विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा कतारमाथि ७९ रनको शानदार जित निकालेको थियो। दोस्रो खेलमा भने यूएईसँग १० विकेटको लज्जस्पद हार व्यहोरेको थियो।
प्रतियोगितामा नेपाल दोस्रो जितको रहँदा भुटान भने पहिलो जितको खोजीमा छ।
Shares
प्रतिक्रिया