यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा फ्रान्स र क्रोएसियाले १–१ गोलको बराबरी खेलेका छन्।
सोमबारको खेलको ५२ औं मिनेटमा फ्रान्सले एड्रियन राबिओटको गोलमा अग्रता लिए पनि खेलको ८३ औं मिनेटमा एन्ड्रेज क्रामारिकले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलमा थप गोल हुन सकेन र दुवै टोलीले अंक बाँडे।
यससँगै समूह एमा डेनमार्कले ६ अंकसहित शीर्षस्थानमा छ भने अष्ट्रिया ३ अंकका साथ दोस्रो स्थानमा छ।
फ्रान्स क्रोएसियाले समान १/१ अंक हात पारेका छन्।
90
Shares
प्रतिक्रिया