पेरिस सेन्ट जर्मेनका युवा खेलाडी कायलिन एमबाप्पे विश्वको सबैभन्दा मूल्यवान खेलाडी बनेका छन्।
शोधकर्ता समूह सीआईईएस फुटबल अब्जर्भेर्टिका अनुसार रियल रियल मड्रिडले गरेको प्रस्ताव अस्वीकार गरी पीएसजीमै बसेका एमबाप्पेको ट्रान्सफरको अनुमानित मूल्य २० करोड ५६ लाख युरो छ।
दोस्रो स्थानमा रियल मड्रिडका भिनिसस जुनियर छन्।
उनको अनुमानित ट्रान्सफर मूल्य १८ करोड ५४ लाख युरो छ। त्यस्तै म्यानचेस्टर युनाइटेडका एर्लिङ हालान्ड तेस्रो स्थानमा छन्।
उनको अनुमानित ट्रान्सफर मूल्य १५ करोड २७ लाख युरो छ।
सीआईईएसले यो अनुमानको लागि विभिन्न सूचकको अध्ययन गर्ने गरेको छ।
जसमा खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक अवस्था र मुद्रास्फीतिजस्ता विषय अध्ययन गरिन्छ।
432
Shares
प्रतिक्रिया