आईसीसी यू–१९ महिला टी-२० विश्वकपको एशिया छनोटको खेलमा थाइल्याण्डले नेपालसामु ९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियास्थित युकेडी–वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रनको योगफल तयार पारेको थियो।
नेपालका मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले समान २ तथा स्नेहा महराले एक विकेट झारे।
थाइल्याण्डको लागि थिपाचा पुथावाङले २०, बनथिडा लिपाथ्थनाले १९ र सुवानान कियाटोले १६ रनको योगदान दिए।
विश्वकपमा पुग्न अंक गणितीय सम्भावना मात्र बाँकी रहेको नेपालको लागि त्यो सम्भावनालाई जीवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ।
39
Shares
प्रतिक्रिया