ह्वील चियर क्रिकेट संघको आयोजनामा टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिज–२०२२ यही जेठ २७ देखि ३० सम्म हुने भएको छ।
एसोसियसनले बुधबार पत्रकार सम्मेलन गर्दै यो पटक हिँडडुल गर्न सक्ने अपाङ्गता भएका व्यक्तिहरुका लागि भारतसँग क्रिकेट सिरिज आयोजना गर्न लागेको अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए।
सिरिज मूलपानी क्रिकेट मैदानमा हुनेछ। टी–२० फर्म्याटमा खेलाइने सिरिजलाई स्ट्यान्डिङ क्रिकेट भनिन्छ। दौडन नसक्ने खेलाडीका लागि भने अतिरिक्त खेलाडी राखिने अध्यक्ष शेर्पाले बताए।
टि–२० क्रिकेटपछि एक दिनको विशेष क्रिकेट खेलको आयोजना गरिने संघले जनाएको छ। यसमा टोलीमा सबै खेलाडीले बलिङ र ब्याटिङ गर्नेछन्।
टोलीका कप्तान राम प्रसाद खरेलले यो पटक टोलीमा आधा खेलाडी परिवर्तन हुने बताए। उनले भने, यो पटक टोलीमा धेरै खेलाडी परिवर्तन हुँदैछन्। यसअघि भएको सिरिजपछि धेरै नयाँ खेलाडीहरु सम्पर्कमा आएका कारण खेलाडी परिवर्तन हुने बताए।
उनले थपे, अहिलेको तयारीलाई हेर्दा जित्छौँ भन्दा भारतसँग राम्रो प्रतिस्पर्धा गछौँ भन्ने हो। अहिलेसम्म स्ट्यान्डिङ क्रिकेटरहरुका लागि अर्को छुट्टै संस्था नभएकाले आफुहरुले ह्वीलचियर एशोसियससँग मिलेर सिरिज गरिएको कप्तान खरेलले बताए।
अम्पायर रविन्द्र गुप्ताले सिरिज सम्पन्न गर्न २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए।
Shares
प्रतिक्रिया