पोखरा स्पोर्ट्स अवार्डको छैटौँ संस्करण असार तेस्रो साता हुने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बुधबार बसेको बैठकले पोखरा स्पोर्टस् अवार्ड असार १८ गते गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।
अवार्ड कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न मञ्चका अध्यक्ष दिनानाथ बरालको संयोजकत्वमा मुल आयोजक समिति बनाइएको छ। प्रदेशकै गौरवको रुपमा रहेको अवार्ड कार्यक्रम खेलाडीको हौसला र उत्प्रेरणा बढाउनका लागि यो पटक अझ भव्य रुपमा आयोजना गर्ने तयारीमा रहेको अध्यक्ष बरालले बताए।
स्पोर्टस् अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई सम्मान गरिनेछ।
पोखरा स्पोर्टस् अवार्ड पोखरा सभागृहमा हुने मञ्चले जनाएको छ। गण्डकी प्रदेशमा जन्मिएर खेलकुदमा लागेका खेलाडीको सम्मानका लागि मञ्चले २०७३ सालबाट स्पोर्ट्स अवार्ड गर्दै आएको छ।
Shares
प्रतिक्रिया