केही दिनअघि मात्र वेल्ससँग हार्दै विश्वकप गुमाएको युक्रेनले यूईएफए नेसन्स लिगअन्तर्गतको बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डमाथि १–० को जित हात पारेको छ।
बुधबार भएको खेलमा युक्रेनलाई जित दिलाउने क्रममा खेलको ४७ औं मिनेटमा भिक्टोर त्सिहान्कोभले गोल गरेका थिए।
बुधबारको खेलमा जित हात पारेसँगै युक्रेनले महत्वपूर्ण तीन अंक हात पारेको छ।
समूह ईमा रहेको युक्रेन ३ अंकका साथ दोस्रो स्थानमा छ।
स्कटल्याण्ड र अर्मेनियाले पनि समान ३ अंक जोडेका छन्।
24
Shares
प्रतिक्रिया