आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ।
अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ।
यसअघि बुधबार भएको खेलमा ओमान अमेरिकासँग ११४ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
लिगमा ३३ खेल खेलिसकेको ओमान ४० अंकका साथ लिगको शीर्षस्थानमा छ।
नेपालले भने १२ खेलबाट १२ अंकसहित लिगको छैटौं स्थानमा छ।
लिग सकिँदासम्म शीर्ष तीन स्थानमा रहने टोली सोझै विश्वकप छनोटको ग्लोबल क्वालिफायर्समा छानिनेछन्।
105
Shares
प्रतिक्रिया