यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति भएको खेलमा स्पेनले स्वीटजरल्याण्डमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
स्पेनलाई जित दिलाउने क्रममा खेलको १३ औं मिनेटमा स्पेनका पाब्लो सराबियाले गोल गरेका थिए।
यससँगै स्पेनले समूह बीको ३ खेलबाट ५ अंक हात पारेको छ।
अर्को खेलमा चेक रिपब्लिकलाई हराउँदै पोर्चुगलले समूहमा समान तीन खेलबाट ७ अंक हात पारेको छ।
45
Shares
प्रतिक्रिया