पहिलो संस्करणको राष्ट्रिय खुल्ला तेक्वान्दो पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ।
नेपाल तेक्वान्दो संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै भोलि शनिबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो।
७० स्वर्ण पदकका लागि १४ विधामा स्पर्धा हुने संघका उपाध्यक्ष भान बहादुर चन्दले जानकारी दिए। प्रतियोगितामा प्रदेश, विभाग र जिल्लाका गरी ७४३ खेलाडी सहभागी हुनेछन्।
यसअघि ग्योरुगीतर्फमात्र पुम्सेको मात्र राििष्ट्रय प्रतियोगिता हुँदै आएकोमा पहिलो पटक पुम्सेको मात्र राष्ट्रिय प्रतियोगिता गर्न लागेको आयोजकले बताएको छ।
प्रतियोगिता सञ्चालन गर्न ९ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ।
249
Shares
प्रतिक्रिया