ad ad

खेल


एमबाप्पेको गोलमा हारबाट बच्यो फ्रान्स

एमबाप्पेको गोलमा हारबाट बच्यो फ्रान्स

नेपालखबर
जेठ २८, २०७९ शनिबार ६:२९, काठमाडौँ

यूईएफए नेसन्स लिगअन्तर्गतको शुक्रबार राति भएको खेलमा फ्रान्स र अष्ट्रियाले १–१ को बराबरी खेलेका छन्।

शुक्रबारको खेलको ३७ औं मिनेटमा अष्ट्रियाका एन्ड्रेस वेइमानले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए। तर, खेलको ८३ औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट बचाए। 

शुक्रबारको खेल बराबरीमा सकिएसँगै फ्रान्स जितविहीन रहँदै समूहको पुछारमा रह्यो। फ्रान्सले ३ खेलबाट केवल २ अंक हात पार्‍यो।

शुक्रबारको खेलमा क्रोएसियासँग १–० ले हारेको डेनमार्क २ खेलमा जित हात पार्दै ६ अंकसहित समूहको शीर्षस्थानमा रह्यो भने अष्ट्रिया ४ अंकका साथ दोस्रो स्थानमा रह्यो।

क्रोएसियाले पनि ४ अंक हात पार्‍यो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .