नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाउँदै आएको कन्ट्रोल फन्डिङ अर्थात् आर्थिक कडाइ पूर्ण रुपमा हटाएको छ।
निर्वाचनमार्फत नयाँ कार्यसमिति आएपछि आइसीसीले क्यानमाथिका निलम्बन फुकुवा गरे पनि क्यानलाई कन्ट्रोल फन्डिङमा राख्दै आएको थियो।
निलम्बन फुकुवापछि संघले आईसीसीको सबै मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङकनका आधारमा आईसीसीले जेठ ३० गतेदेखि कन्ट्रोल फन्डिङ पुर्णरुपमा हटाएको जानकारी दिएको छ।
आईसीसीले कन्ट्रोल फन्डिङ हटाएसँगै नेपालले अब अन्य एक दिवसीय मान्यता प्राप्त एसोसियट देशसरह आर्थिक अनुदान र गतिविधि गर्न पाउनेछ।
54
Shares
प्रतिक्रिया