ad ad

खेल


ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल, सुशानको ठाउँमा सागरलाई मौका

ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल, सुशानको ठाउँमा सागरलाई मौका

नेपालखबर
जेठ ३१, २०७९ मंगलबार २१:३१, काठमाडौँ

आईसीसी विश्वकप लिग –२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले फिल्डिङ सुरु गरेको छ।

टस जितेको ओमानले सुरुमा ब्याटिङ रोजेको हो। 

आजको खेलमा नेपालमा एक जना खेलाडी परिवर्तन गरेको छ।

स्पिनर सुशान भारीको स्थानमा सागर ढकालले मौका पाएका छन्। यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो। 

ओमानले भने अमेरिकासँग एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ। नेपाल र अमेरिकाको पहिलो खेल टाइ भएको थियो। अमेरिकासँगको दोश्रो खेल बाँकी छ। 

नेपाल र ओमानबीच भएका ओडिआईका ५ खेलमा नेपालले एक मात्रै जित निकाल्न सकेको छ। चार खेलमा पराजित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .