यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५–२ गोल अन्तरले पराजित गरेको छ।
समूह सीअन्तर्गतको खेलमा जर्मनीलाई जित दिलाउने टिमो वेर्नरले २ तथा थोमस, मुलर, इल्के गुन्डोगान र जोसुआ किमिचले समान १÷१ गोल गरे।
इटालीको लागि विल्फ्राइड ग्नोन्टो र अलेसान्द्रो बास्टोनीले १/१ गोल फर्काए।
यससँगै समूह सीमा दोस्रो स्थानमा रहेको जर्मनीले ४ खेलबाट ६ अंक जोडेको छ।
समूहको शीर्षस्थानमा रहेको हंगेरीले समान खेलबाट ७ अंक हात पारेको छ।
99
Shares
प्रतिक्रिया