यूईएफए नेसन्स कपअन्तर्गत मंगलबार राति भएको खेलमा हंगेरीले इंगल्याण्डमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
हंगेरीलाई फराकिलो जित दिलाउने क्रममा हंगेरीका रोनाल्ड सल्लाईले २ गोल गरेका थिए। त्यस्तै ज्सोल्ट नागी र डानिएल गाज्डागले १/१ गोल गरे।
खेलको ८२ औं मिनेटमा इंगल्याण्डका जोन स्टोन्स रातो कार्ड खाँदै बाहिरिएसँगै इंगल्याण्ड १० खेलाडीमा सीमित भएको थियो।
यससँगै हंगेरीले ४ खेलबाट ७ अंक जोडेको छ भने समूहको अन्तिममा रहेको इंगल्याण्डले समान खेलबाट २ अंक हात पारेको छ।
99
Shares
प्रतिक्रिया