यूईएफए नेसन्स कपअन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले वेल्समाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित हात पारेको छ।
मंगलबार भएको खेलको १७ औं मिनेटमा नोआ लाङले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि कोडी गाक्पोले अर्को गोल थपे। त्यसको तीन मिनेटपभि ब्रेनान जोन्सनले वेल्सका लागि गोल गरेका थिए।
खेलको इन्ज्युरी समयमा वेल्सले पाएको पेनाल्टीमा गेरेथ बेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए तर त्यसको एक मिनेटमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई रोमाञ्चक जित दिलाएका हुन्।
यससँगै समूह डीमा रहेको नेदरल्याण्ड्सले ४ खेलबाट १० अंक हात पारेको छ। वेल्सले भने समान खेलबाट केवल १ अंक जोडेको छ।
48
Shares
प्रतिक्रिया