पाँचौँ संस्करणको राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा हुने भएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै यसै साता हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो।
पोखरा रंगशाला हाताभित्र रहेको अन्नपूर्ण स्केटपार्कमा हुने प्रतिगितामा १ सय जना पुरुष र ३० जना महिला सहभागी हुने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए। प्रतियोगिता असार ६ र ७ गते हुनेछ।
सन् १९४० देखि अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केट तथा स्क्रेटबोर्डिङ खेल ओलम्पिकमा समावेश भएको खेल हो। नेपालमा भने सन् २०१५ देखी निरन्तर यस खेलको प्रतियोगिता भरहेको छ।
63
Shares
प्रतिक्रिया