ad ad

खेल


एन्फाको नवनिर्वाचित कार्यसमितिले आज सपथ ग्रहण गर्दै

एन्फाको नवनिर्वाचित कार्यसमितिले आज सपथ ग्रहण गर्दै

नेपालखबर
असार ८, २०७९ बुधबार १३:३८, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिले बुधबार सपथ ग्रहण गर्दै छ। नवनिर्वाचित कार्यसमितिले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा साँझ ५ बजेपछि सपथ ग्रहण गर्नेछ। 

सोमबार भएको २१ औं चुनावी साधारणसभाले पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

नेम्वाङले तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पछि पार्दै आगामी ४ वर्षका लागि नेतृत्वमा पुगेका थिए। नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत ल्याएका थिए। अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले भने खाता नै खोल्न सकेनन्। 

साधारणसभामा १३ सदस्यमध्ये ११ जना मात्र निर्वाचित भएका छन्। बाँकी दुई सदस्यका लागि ४ उम्मेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुनेछ। समान मत आएमा पहिलो साधारण सभामा पुन मतदान गर्नुपर्ने प्रावधानका कारण पुनः मतदान हुनेछ।

सोमबार  रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल समान मत पाएका थिए। 

वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्का ४४, उपाध्यक्षमा दावा लामा ४८, विराटजंग शाही ४७, दीपक खतिवडा ४७ र दीर्घ बहादुर केसी (कुमार) ४२ मतसहित निर्वाचित भएका थिए। 

महिला सदस्यमा सरिला श्रेष्ठ ४६ र पेमा डोल्मा लामा ४३ मत ल्याउँदै विजयी भए। 

सदस्यमा मनिष जोशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत थापा ४० मतसहित विजयी भएका थिए। 

एन्फाको कार्यसमिति बैठकले नै महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .