ad ad

खेल


गौरिका र प्रिन्सलाई उत्कृष्ट खेलाडी अवार्ड

गौरिका र प्रिन्सलाई उत्कृष्ट खेलाडी अवार्ड

नेपालखबर
असार ९, २०७९ बिहिबार २२:६, काठमाडौँ

पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहालले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड पाएका छन्।  

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक दिवसको अवसरमा बिहीबार खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई एनओसी अवार्ड २०२२ बाट सम्मान गरेको छ। 

ब्याडमिन्टनका प्रिन्सले पुरुषतर्फ र पौडीकी गौरिकाले महिलातर्फको उत्कृष्ट खेलाडी अवार्ड पाएका हुन्। 

उत्कृष्ट प्रशिक्षकमा महिलातर्फ तेक्वान्दोकी संगिना वैद्य र पुरुषतर्फ गल्फका दिपक थापा मगरले अवार्ड पाए। 
उत्कृष्ट खेल संघको अवार्ड भने नेपाल तेक्वान्दो संघको पोल्टामा पर्यो। 

एनओसीले खेलकुद पत्रकारितातर्फ ४ विधामा अवार्ड प्रदान गरेको थियो। खेलकुद पत्रकारितातर्फ भिजुलल माध्यममा सविना कार्की, छापा माध्यममा राजु घिसिङ, फोटो पत्रकारमा राजेन्द्र चित्रकार र मल्टीमिडियातर्फ निरञ्जन राजवंशीले अवार्ड पाए। 

अवार्ड प्राप्त गर्ने सबैले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। एनओसीले पहिलो पटक अवार्ड वितरण गरेको हो। 

यस्तै एनओसी प्रेसिडेन्टियल रेकिग्नेशन अवार्डबाट स्व. शरदचन्द्र  शाह, रुक्म शम्शेर राणा, पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, ध्रुव बहादुर प्रधान, विष्णु गोपाल श्रेष्ठ सम्मानित भए।

खेल पत्रकार श्याम चित्रकार, लोकभक्त राना, ओलम्पियन जित बहादुर केसी, बैकुण्ठ मानन्धर, सुधा सेन मल्ल, राष्टिय महिला फुटबल टोलीकी स्टाइकर सावित्रा भण्डारी सम्मानित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .