ad ad

खेल


शुभकामना गोल्डकप : उपाधिका लागि एभिनियर र हेम्जा युनाइटेड भिड्दै

शुभकामना गोल्डकप : उपाधिका लागि एभिनियर र हेम्जा युनाइटेड भिड्दै

नेपालखबर
असार १०, २०७९ शुक्रबार १७:३, काठमाडौँ

पोखरामा जारी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको उपाधिका लागि क्यामरुनी क्लब एभिनियर र आयोजक हेम्जा युनाइटेड भिड्दैछन्। 

फाइनल खेल हेम्जाको गौरीशंकर खेलमैदानमा हुनेछ। शनिबार उपाधीका लागि आयोजक र एभिनियरबीच भिडन्त हुँदैछ । 

हेम्जाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० ले तथा एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेका हुन्। 

खेल अघिको पत्रकार सम्मेलनमा हेम्जा युनाइटेडका प्रशिक्षक सुवर्णजंग कार्कीले एभिनियर विदेशी टिम भएकाले आफूहरुलाई खेल जित्न भन्दापनि खेलमा अनुभव लिनु ठूलो कुरा रहेको बताए।

उनले भने, ‘खेलमा हार जित त हुन्छ नै, हामी पनि जितेरै यहाँसम्म आइपुगेका हौँ तर, एभिनियरसँग खेल्नु भनेको हाम्रो लागि नयाँ हो। हामीले विदेशी टिमसँग खेल्ने अनुभव घरमै लिने अवसर प्राप्त गरेका छौँ’। 

एभिनियरका प्रशिक्षक आसिक थापा मगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिए। उनले भने, ‘फाइनल खेल हो सजिलो रुपमा हेर्न भएन, खेलमा हार जित त हुन्छ। हेम्जा राम्रो टिम हो, हामी पुरानै फर्मेसनमा खेल्छौँ। हाम्रा केही खेलाडीले फाइनल गुमाउने हुदाँ हामीलाई अलिकति प्रभाव भने पर्नेछ।’

हेम्जा युनाइटेडको आयोजनामा भएको प्रतियोगितामा नेपाल एपीएफ क्लब, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगञ्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेड सहभागी थिए। 

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .