ad ad

खेल


स्वदेश फर्कियो एसीसी महिला टी२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली

स्वदेश फर्कियो एसीसी महिला टी२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली

नेपालखबर
असार १३, २०७९ सोमबार ११:३५, काठमाडौँ

मलेसियामा भएको एसीसी महिला टी२० च्याम्पियनसिपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ। 

मलेसियामा भएको टी२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेल वर्षाले रद्द भएपछि नेपाली टोलीको एसिया कप खेल्ने सपना अधुरै रहेको थियो। 

टस जितेर पहिले  फिल्डिङ गरेको नेपालले दोस्रो इनिङ्ग सुरु हुन नसक्दा नेपाल खाली हात स्वदेश फर्केको हो। 

च्याम्पियनसिपको नियम अनुसार खेल रद्द हुँदा समूह विजेताले फाइनल खेल्न पाउने भएपछि नेपालको यात्रा सेमिफाइनलसम्म मात्र सीमित भयो। 

समूह चरणमा नेपालले भुटानलाई ५० तथा कुवेतलाई २५ रनले हराएको थियो। तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको नेपाल हङकङसँग भने ७ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .