ad ad

खेल


मंगलबारदेखि सुरु हुँदै न्यु डायमण्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिता

मंगलबारदेखि सुरु हुँदै न्यु डायमण्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिता

नेपालखबर
असार १३, २०७९ सोमबार १३:१५, काठमाडौँ

बागमती प्रदेश न्यु डायमण्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। 

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश तथा न्यु डायमण्ड स्पोर्टस् क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता मंगलबारदेखि १८ गतेसम्म हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। 

न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ पनि प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिए। 

प्रतियोगितामा आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबसँगै नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब, परोपकार आदर्श माध्यमिक विद्यालय काठमाडौं गरी चार टोली सहभागी हुने राईले जानकारी दिए। 

राउन्ड रोविन लिगको आधारमा प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो हुनेले तेस्रो स्थानको लागि खेल्नेछन्। 

प्रतियोगिताको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार तथा चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा अन्य विधागततर्फका विजेताले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। 
प्रतियोगिता कीर्तिपुरस्थित मल्टि प्रपोज कभर्डहलमा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको समग्र खर्च ४० लाख लाग्ने आयोजकको अनुमान छ। जसमध्ये प्रदेशले २० लाख खर्च व्यहोर्नेछ भने बाँकी खर्च न्यु डायमण्ड एकेडेमीले व्यवस्थापन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .