काठमाडौंमा सञ्चालनमा रहेको चर्चित रेस्टुरेन्ट जिम्बु थकालीले १० युवा क्रिकेटरहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।
व्यवसायको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर रेस्टुरेन्टले राजधानीस्थित बालुवाटारमा रहेको क्रिकेट एक्सिसेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीलाई सहयोग गरेको हो।
जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरका बीच छात्रवृत्तिका सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ।
एक्सिलेन्स सेन्टरका तर्फबाट संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौताअनुरुप क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीहरुले जिम्बु थकालीको तर्फबाट एक वर्षको अवधिका लागि छात्रवृत्ति प्राप्त गरेका छन्।
Shares
प्रतिक्रिया