ब्राजिलियन फरवार्ड गाब्रियल जेसुस इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन्।
उनी चार करोड ५० लाख पाउण्डमा म्यानेचष्टर सिटीबाट अर्को इंग्लिस क्लबमा गएका हुन्।
सिटीले बोरुसिया डर्टमण्डबाट एर्लिङ हल्याण्डलाई अनुबन्ध गरेपछि उनले आगामी सिजन कम अवसर पाउने सम्भावना थियो।
२५ वर्षीय जेसुसलाई प्रिमियर लिग र युरोपका क्लबले चासो देखाएका थिए। तर उनले आर्सनल रोजेको हुन्।
सन् २०१७ को जनवरीमा म्यानचेष्टर सिटीमा अनुबन्ध भएका उनले २३६ खेलमा ९५ गोल गरेका छन्।
क्लबमा रहँदा उनले चार पटक प्रिमियर लिग उपाधि जित्नुका साथै तीन लिग कप र एफए कपको उपाधि उचाले।
66
Shares
प्रतिक्रिया