ad ad

खेल


एन्फाको नयाँ नेतृत्व राजनीतिक भेटघाटमा व्यस्त

एन्फाको नयाँ नेतृत्व राजनीतिक भेटघाटमा व्यस्त

नेपालखबर
असार १५, २०७९ बुधबार १६:५७, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को नव निर्वाचित कार्यसमिति राजनितिक भेटघाटमा व्यस्त छ।

नव निर्वाचित कार्यसमितिले बुधबार एकै दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका हुन्। 

एन्फाको नयाँ नेतृत्वसँगको भेटघाटमा प्रधानमन्त्री देउवाले बधाई दिँदै फुटबलको विकासका लागि सहयोग गर्ने बताएका छन्। 

प्रधानमन्त्री देउवाले भने, ‘फुटबलको विकासका लागि काम गर्दा सरकार सँधै एन्फासँगै छ।’  

नयाँ नेतृत्वले आजै प्रचण्डसँग पनि भेट गरेका छन्। खुमलटारमा भएको भेटमा नयाँ समितिलाई बधाई दिँदै प्रचण्डले फुटबलको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

गत असार ६ गते भएको २१ औँ चुनावी साधारण सभामा कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए। 

अध्यक्ष नेम्वाङसँगै वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का, उपाध्यक्षमा दावा लामा, विराटजंग शाही, दीपक खतिवडा, दीर्घ बहादुर केसी निर्वाचित भएका थिए। यस्तै, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकारामा लामा र भरत बुढा सदस्यमा निर्वाचित भएका थिए। 

नेम्वाङ नेतृत्वको पहिलो बैठकले अध्यक्ष नेम्वाङको प्रस्तावमा महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .