ad ad

खेल


लुकाकु इन्टर मिलानमा अनुबन्धित

लुकाकु इन्टर मिलानमा अनुबन्धित

नेपालखबर
असार १६, २०७९ बिहिबार ६:४१, काठमाडौँ

बेल्जियन फरवार्ड रोमेलु लुकाकु इन्टर मिलान फर्किने भएका छन्। इंग्लिस क्लब चेल्सी गएको एक वर्षपछि नै लुकाकु एक वर्षको लागि लोनमा इन्टर मिलान फर्किएका हुन्। 

चेल्सीले गत समरमा २९ वर्षीय लुकाकुका लागि इन्टरलाई क्लबको कीर्तिमानी ९ करोड ७५ लाख मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । तर, लुकाकुले क्रिसमस अघि उनले आफू चेल्सीमा खुशी नरहेको र इटालियन क्लबमा फर्किने आशय व्यक्त गरेका थिए ।

इन्टर लुकाकुका लागि करिब ८ करोड युरो लोन शुल्क तिर्न सहमत भएको छ । लुकाकुले इन्टरलाई २०२०–२१ म सिरी ए जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बेल्जियन फरवार्ड लुकाकुले गत सिजन सबै प्रतियोगितामा १५ गोल गरेका थिए । उनले पहिलो रोजाइमा पर्न निकै संघर्ष गर्नुपरेको थियो ।

लुकाकुले इन्टर फर्किन आफ्नो शुल्क कटौती गर्न सहमत भएको बुझिएको छ ।

क्लबको आर्थिक अवस्थाले उनलाई इन्टरले किन्ने सम्भावना न्यून थियो । इन्टरका अध्यक्ष स्टिभन झाङसँगको गत साताको भेटपछि लुकाकु इन्टर फर्किन सहमत भएका हुन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .