त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र फरवर्ड नवयुग श्रेष्ठले अमेरिकामा फुटबल खेल्ने भएका छन्।
भरत र नवयुगले पाँचौ नेपाली अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्।
आर्मीका दुवै खेलाडीले आयोजक लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन्।
भरत त्रिभुवन आर्मी क्लबका नियमित कप्तान हुन्। भरत पछिल्लो समय राष्ट्रिय टोली बाहिर छन्।
नवयुगले भने पछिल्लो समय राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए।
प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टोली बाहिर हुँदा कप्तानीको जिम्मेवारी नवयुगको काँधमा आएको थियो।
177
Shares
प्रतिक्रिया