नेपालको ए डिभिजन टोली न्यु रोड टिम (एनआरटी) ले बिहीबार मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कपमा इन्डोनेसियाको कारो युनाइटेडसँग खेल्दै छ।
खेल मलेसियाको पेनाङ स्टेडियममा साँझ ६ बजेपछि हुनेछ। कारो युनाइटेड इन्डोनेसियाको लिग टु क्लब हो।
एनआरटीले दोस्रो खेलमा २ जुलाईमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग खेल्नेछ।
टीवाईटी कपको विजेताले १० हजार मलेसियन रिङ्गेट तथा उपविजेताले ५ हजार मलेसियन रिङ्गेट पाउनेछन्।
लिगको अंकको आधारमा विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ। पेनाङ शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा खेल हुन लागेको हो।
51
Shares
प्रतिक्रिया