पोखरा स्पोर्टस् अवार्ड २०७८ को सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भोलि शनिबार हुने छैटौं संस्करणको स्पोर्टस् अवार्डको तयारी पुरा भएको हो।
२०७८ सालमा खेलाडीले प्रर्दशन गरेको खेलको आधारमा मनाेनयनमा परेका मध्य एक जनाले अवार्ड हात पार्ने छन्।
यो वर्षको वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, कराँतेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन्।
वर्ष खेलाडी महिला खेलाडीमा भलिबलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र कराँतेकी सरगम कुमाल छन्।
उदियमान खेलाडीतर्फ टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी सृष्टि जैसी, बक्सिङका साहिल लिम्बु छन्। उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा छन्।
वर्ष खेलाडी पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्ने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मञ्चका अध्यक्ष दिनानाथ बरालले जानकारी दिए।
उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार पाउनेछन्।
वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारको घोषणा भने शनिबार नै हुनेछ। खेल संघ र पत्रकारलाई पनि समान ३५ हजार रुपैयाँ प्रदान गरिने प्रचार संयोजक एवं मञ्चका महासचिव राजाराम पौडेलले बताए।
यो वर्ष लाईफटाइम एचिभमेन्ट अवार्डबाट पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गरिदै छ। कार्यक्रम पोखरा सभागृह हलमा दिउँसो ३ बजेपछि सुरु हुनेछ।
Shares
प्रतिक्रिया