ad ad

खेल


लिभरपुलसँग सलाहको थप तीन वर्षको सम्झौता

लिभरपुलसँग सलाहको थप तीन वर्षको सम्झौता

नेपालखबर
असार १८, २०७९ शनिबार ७:१६, काठमाडौँ

इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलमा तीन वर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन्।

लिभरपुलमा सलाहको पाँच वर्षको सम्झौता सकिएसँगै उनले नयाँ सम्झौता गरेका हुन्। नयाँ सम्झौतापछि सलाह अब लिभरपुलमा २०२५ को जुन सम्म रहनेछन्। लिभरपुलमा सलाहले नयाँ सम्झौतापछि प्रतिसाता तीन लाख ५० हजार पाउण्ड पारिश्रमिक पाउनेछन्। 

३० वर्षीय सलाह २०१७ देखि अहिलेसम्म लिभरपुलमा पाँच सिजन खेलेका छन्। यसक्रममा उनले २५४ खेल खेल्दै लिभरपुलका लागि १५६ गोल गरेका छन्।

उनी लिभरपुलमा खेल्दै २०१७/१८ र २०२१/२२ सिजनका लागि प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका थिए। भने लिभरपुललाई २०१९/२० को प्रिमियर लिग र २०१८/१९ को च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .