ad ad

खेल


पोखरा स्पोर्टस् अवार्ड हुँदै

पोखरा स्पोर्टस् अवार्ड हुँदै

नेपालखबर
असार १८, २०७९ शनिबार ७:४५, काठमाडौँ

शनिबार पोखरा स्पोर्टस् अवार्ड २०७८ हुँदै छ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको स्पोर्टस् अवार्ड हुन लागेको हो। 

२०७८ सालमा खेलाडीले प्रर्दशन गरेको खेलको आधारमा मनोनयनमा​ परेका मध्य एक जनाले अवार्ड हात पार्नेछन्। 

यो वर्षको वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा  र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका छन्। 
वर्ष खेलाडी महिला खेलाडीमा भलिबलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र कराँतेकी सरगम कुमाल छन्। 

उदीयमान खेलाडीतर्फ टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी सृष्टि​ जैसी, बक्सिङका साहिल लिम्बु छन्। उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा छन्।

वर्ष खेलाडी पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्ने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मञ्चका अध्यक्ष दिनानाथ बरालले जानकारी दिए। 

उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार पाउनेछन्।

वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारको घोषणा पनि शनिबार नै हुनेछ। खेल संघ र पत्रकारलाई पनि  समान ३५ हजार रुपैयाँ प्रदान गरिने प्रचार संयोजक एवं मञ्चका महासचिव राजाराम पौडेलले बताए। 

यो वर्ष लाईफटाइम एचिभमेन्ट अवार्डबाट पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गरिँदै छ। कार्यक्रम पोखरा सभागृह हलमा दिउँसो ३ बजेपछि सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .