ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुदमा प्रदेश १ बाट अहिलेसम्म सहभागि खेलाडीको स–परिवारलाई ५ वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन्।
विराटनगरकाे नोबेल शिक्षण अस्पताल र काठमाडौं मेडिकल कलेजले तथा साफ र एशियन खेलकुदमा सहभागी प्रदेश १ का खेलाडीलाई निःशुल्क उपचार गराउने निर्णय गरेको हाे।
खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्ने बताइएकाे छ। आइतबार विराटनगरमा आयोजना गरिएकाे प्रदेश १ का साफ, एशियन र ओलम्पिक खेलाडी सम्मान कार्यक्रममा प्रदेश १ खेलकुद विकास बोर्डले निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको गरेकाे हाे।
यस विषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसीसँग छुट्टाछुट्टै सम्झौता गरेका छन्।
सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा, नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, ओलम्पियन्स एसोसिएसनसँग भएको सम्झौतामा पनि काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.शर्मा, नोबेलका प्रवन्ध निर्देशक बराल र एशोसिएसनका अध्यक्ष दिपक बिष्टले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार अन्तर्राष्ट्रिय खेलकुद ओलम्पिकमा भाग लिएका देशभरका सम्पूर्ण खेलाडीले नोबेल र केएमसीमा निःशुल्क उपचार पाउनेछन्।
साफ र एशियन खेलकुदमा सहभागी प्रदेश १ का सम्पूर्ण खेलाडीहरुलाई पनि नोबेल र सीसीएमसीले निःशुल्क उपचार गर्नेछ। उनीहरुले दुबै अस्पतालको क्याबिनमा रहेर उपचार गराउँदा पनि शुल्क लाग्ने छैन।
ओलम्पिकमा हालसम्म नेपालका ८८ खेलाडीले भाग लिएका छन् । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ। यता, प्रदेश १ का २२५ खेलाडीले साफ र एशियन खेलकुदमा भाग लिएका छन्। उनीहरुले निःशुल्क उपचार सेवा पाउनेछन्।
यता, ती खेलाडीका पारिवारका उपचारमा पनि दुबै अस्पतालले ५० प्रतिशत छुट दिने सम्झौता पत्रमा उल्लेख छ।
निःशुल्क तथा उपचारमा छुट पाउनेहरूलाई नोबेल र सीसीएमसीले उपलब्ध गराएको छुट कार्डको आधारमा सेवा दिइने बताएकाे छ।
Shares
प्रतिक्रिया