नेपाल र क्यानडाबीच मंगलबार तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ ।
क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल सुरु नै हुन पाएन। नेपालले क्यानडासँग दुई एकदिवसीय खेलको श्रृंखला खेल्ने तालिका थियो ।
जसअन्तर्गतको पहिलो खेल रद्द भएको हो । दोस्रो खेल आज हुनेछ ।
आईसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाल क्यानडाबाटै स्कटल्याण्ड त्रिकोणात्मक श्रृंखला खेल्न जाने तालिका छ । श्रृंखलामा नेपाल, आयोजक स्कटल्याण्ड र नामिबियाले प्रतिष्पर्धा गर्दै छन् ।
एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको स्थानीय क्लवसँग एक एकदिवसीय र एक ट्वान्टी–२० अभ्यास खेल खेलेको थियो । जसमा नेपालले एकदिवसीय खेलमो स्थानीय ओन्टारियो क्लबलाई ६९ रनले र ट्वान्टी–२० खेलमा ५५ रनको सुखद् नतिजा निकालेको थियो ।
विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्डमा हुने श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ ।
नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ ।
नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।
Shares
प्रतिक्रिया