नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) अनुबन्ध भएका छन्।
सन्दीपलाई डाम्बुल्ला जायन्ट्सले मंगलबार राति भएको अक्सनबाट ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो।
अक्सनमा ३ सय ५३ खेलाडी थिए। अक्सनबाट जायन्ट्सले ६ विदेशी खेलाडी अनुबन्ध गरेको छ।
जायन्ट्सले अष्ट्रेलियाका ओपनर डार्सी शर्ट, बेन कटिङ, वेस्टइन्डिजका तीव्र गतिका बलर शेल्डन कटरेल न्युजिल्यान्डका विकेटकिपर टिम सिफर्ट, पाकिस्तानका ब्याटर हैदर अलीलाई टोलीमा समेटेको छ।
57
Shares
प्रतिक्रिया