क्यानडासँगको एकदिवसीय क्रिकेटमा नेपाललले लज्जापद हार व्यहोरेको छ।
बुधबार राति भएको अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको हो। १८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १०५ रनमा अलआउट भएको हो।
नेपालका लागि देव खनालले सर्वाधिक २६ रन बनाएका थिए। क्यानडाका पाँच बलरले समान २/२ विकेट लिएका थिए।
यसअघि ब्याटिङ गरेको क्यानडाले श्रेयस मोभाको अविजिति अर्धशतकीय पालीमा १८८ रन बनाएको थियो। उसका लागि आरोन जोन्सनले ४४ रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। त्यस्तै किशोर महतो, करण केसी, आदिल अन्सारी र बसिर अहमदले १/१ विकेट हात पारे।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिजको तयारीको लागि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको हो।
विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्डमा हुने श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ ।
नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ ।
नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।
Shares
प्रतिक्रिया