दोस्रो वरीयताका स्टार राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम चारमा प्रवेश गरेका छन्।
बुधबार राति भएको खेलमा स्पेनिस स्टार नाडालले अमेरिकी टेलर फ्रिट्जलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्।
पहिलो सेट ३–६ ले गुमाएका नाडालले दोस्रो सेटमा ७–५ को जित निकाल्दै उत्कृष्ट पुनरागमन गरे। तेस्रो सेट ३–६ ले गुमाउँदा चौथो सेट ७–५ र पाँचौ सेट ७–६ (१०–४) ले लगातार जित निकाल्न सफल भए।
३६ वर्षिय नाडालको २२ पटक ग्राण्ड स्लामको उपाधि जित्दा दुईपटक विम्बल्डनको उपाधि जितेका छन्।
फाइनलमा पुग्नका लागि नाडालले शुक्रबार अष्ट्रियाका निक किर्गियोससँग भिड्दै छन्।
किर्गियोसले क्रिस्टियन गारिनलाई ३–० को सोझो सेटमा हराउँदै नाडालसँगको भेट पक्का गरेका हुन्।
21
Shares
प्रतिक्रिया