म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङ चेल्सीमा जान तयार भएका छन्।
सिटीका २७ वर्षिय फरवर्ड रहिमले इल्याण्डबाट ७७ क्याप जितिसकेका छन्।
सिटीले रहिमलाई लिभरपुलबाट सन् २०१५ मा ४९ मिलियनमा टोलीमा ल्याएको थियो।
जहाँ उनले ३३९ खेलमा १३१ गोल गरेका छन्।
रहिमलाई अनुबन्ध गर्न बार्सिलोनासँगै रियल मड्रिड र बार्यन म्युनिखले चासो देखाएका थिए।
उनले चेल्सीसँग सम्झौता गरिसकेको बताइएको छ।
उनी प्रि– सिजनका लागि अमेरिका भ्रमणमा जानुअघि नै सम्झौताका सबै प्रक्रिया पूरा गर्ने बीबीसीले जनाएको छ।
27
Shares
प्रतिक्रिया