बेथ मिडको निर्णायक गोलमा इंग्ल्याण्डको महिला टोलीले महिला युरोपियन च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
बुधबार राति वोल्ड ट्राफोर्डमा भएको समुह ए को खेलमा इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले पराजित गरेको हो।
खेलको १६ औँ मिनेटमा बेथ मिडले निर्णायक गोल गरिन्। आर्सनलकी विङगर फ्रान किबींको पासमा मिडले गोल गर्न सफल भएकी हुन्।
जितसँगै इंग्ल्याण्ड समूह ए को शीर्ष स्थानमा छ। पराजित अष्ट्रिया भने पुछारमा छ। यो समूहमा नर्वे र नर्दन आयरल्याण्ड छन्। च्याम्पियनसिपमा बिहीबार मध्यराति नर्वे र नर्दन आयरल्याण्ड भिड्नेछन्।
21
Shares
प्रतिक्रिया