बार्यन म्युनिखका पोलिस फरर्वाड रोवर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोनाले प्रस्ताव पठाएको छ।
बार्साका अध्यक्ष जोन लापोर्ताले आफूहरुको प्रस्तावमा लेवान्डोस्की सकारात्मक देखिएको बताएका छन्। उनले भने, 'हामीले लेवान्डोस्कीलाई प्रस्ताव पठाएका छौँ, प्रतिक्रिया कुरिररहेका छौँ।'
सन् २०१४ मा बार्यन पुगेका लेवान्डोस्कीले सम्झौताएक वर्ष बाँकी छँदै क्लब छाड्न चाहेको उल्लेख गरेका थिए।
बार्सिलोनाले लेवान्डोस्कीका लागि ३३.८ मिलियन पाउन्ड र ४.२ मिलियन पाउन्ड बोनस दिने प्रस्ताव गरेको छ।
बार्यनमा ८ वर्ष रहँदा लेवान्डोस्कीले २५२ खेलमा २३८ गोल गरेका छन्। उनले आक्रमण पंक्ति सम्हाल्दा बायर्नले ८ पटक बुन्डेस लिगा जितेको थियो।
57
Shares
प्रतिक्रिया