ग्रेस जियोरोको ह्याट्रिक मद्दतमा महिला युरोपियन च्याम्पियनसिपमा फ्रान्सले इटालीमाथि सानदार जित दर्ता गरेको छ।
सोमबार राति भएको समुह डि को खेलमा फ्रान्सले इटालीलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको हो।
फ्रान्सको जितमा जियोरोले ३ ह्याट्रिक गर्दा मेरो एन्थोइनीटी कटोटो र डेल्फिन कास्करिनोले एक एक गोल गरे। फ्रान्सले सबै गोल पहिलो हाफमा नै गरेको हो।
जियोरोले खेलको नवौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। १२औँ मिनेटमा कटोटोले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको ३८ औँ मिनेटमा कास्करिनोले गोल गर्दै टोलीलाई ३–० को अवस्थामा ल्याइन्।
खेलको ४० औँ मिनेटमा नियोरोले कटोटोको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। त्यसको ५ मिनेटमा नै उनले ह्याट्रिक गरेकी हुन्।
इटालीका लागि मार्टिना पिमोनटेले एक गोल फर्काइन्। उनले खेल सकिन १४ मिनेट बाँकी रहँदा टोलीका लागि शान्त्वना गोल फर्काएकी हुन्।
सोमबार राति नै भएको समूह डी को अर्को खेलमा आइसल्यान्ड र बेल्जियमले बराबरी खेल्दै अंक बाँडे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दुवै गोल दोस्रो हाफमा भयो। खेलको ५० औँ मिनेटमा बर्गिन्ड थोरभाल्ड्सडोट्रीले गोल गर्दै आइसल्यान्डलाई सुरुवाती अग्रता दिलाइन्।
६७ औँ मिनेटमा भेनहाइभरमेटले पेनाल्टीमा गोल गर्दै खेललाई एक एक को बराबरीमा ल्याइन्।
Shares
प्रतिक्रिया