महिला युरोपेली च्याम्पियन्सिपअन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्याण्डले नर्वेमाथि ८–० गोलको फराकिलो जित हात पारेको छ।
समूह ए अन्तर्गतको खेलमा इंग्ल्याण्डले महत्वपूर्ण जित दर्ता गरेको हो। यससँगै इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको अर्को खेलमा अष्ट्रियाले नर्दन आयरल्याण्डमाथि २–० गोलको जित दर्ता गर्यो।
यससँगै समूह एमा इंग्ल्याण्डले २ खेलबाट ६ अंक जोडेको छ भने अष्ट्रियाले समान खेलबाट ३ अंक हात पारेको छ।
नर्वेको पनि समान ३ अंक छ। नर्दन आयरल्याण्ड भने अंकविहीन छ।
चार समूहबाट २/२ टोली क्वार्टरफाइनलमा पुग्नेछन्।
27
Shares
प्रतिक्रिया