ad ad

खेल


बुद्धिचाल संघका नवनिर्वाचित अध्यक्ष गौतमका यस्ता छन् आगामी योजना

बुद्धिचाल संघका नवनिर्वाचित अध्यक्ष गौतमका यस्ता छन् आगामी योजना

नेपालखबर
असार २८, २०७९ मंगलबार १९:४६, काठमाडौँ

नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम चयन भएका छन्। 

यही असार २४ देखि सुरु भई २७ गते सम्पन्न भएको सातौं साधारणसभा एवं निर्वाचनले गौतमको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

विस. २०३४ सालमा दामोदर शमशेर जबराको अध्यक्षतामा नेपाल बाघ चाल तथा बुद्धिचाल संघ स्थापना भई खेलकुद ऐन २०४८ बमोजिम नारायण कृष्ण जोशीको अध्यक्षतामा विसं २०४८ सालमा नेपाल बुद्धिचाल संघको स्थापना भएको हो। 

सो पश्चात अनिरुद्ध जोशी, सीताराम अग्रहरि, हिराबहादुर स्थापित, स्व राजेशहरी जोशी तथा एकालाल श्रेष्ठले विभिन्न कालखण्डमा नेतृत्व प्रदान गरेका थिए। 
नवनिर्वाचित कार्यसमितिले आगामी चार वर्षे कार्यकालमा प्राथमिकता दिने कार्यक्रमहरु यसप्रकार रहेका संघले जनाएको छ।

आगामी योजनाहरु

चेस खेललाई ग्रासरुट सम्म पुर्याउने।

सर्वाधिक अन्तर्राष्ट्रिय सहभागिता जनाउने खेल संघको रुपमा भएको पहिचान कायम गर्ने।

सक्दो धेरै फिडेका अफिसियल प्रतियोगिता आयोजना गर्ने।

क्यालेण्डरको निर्माण गरी सबै खाले राष्ट्रिय प्रतियोगिताहरूको नियमित आयोजना गर्ने।

१ महिना भित्र संघको आफ्नै कार्यालय स्थापना गर्ने।

संघको अफिसियल वेभसाइट १ हप्ताभित्र संचालनमा ल्याउने।

मिसन आइएम प्रोजेक्ट लन्च गर्ने।

चेस ईन स्कुल प्रोग्राम पुनः शुरु गर्ने।

हाल ५० जिल्लामा कायम रहेको संघको स्वरुपलाई १ वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गरिनेछ।

२०७६ सालमा नै ७ वटै प्रदेशको संरचना बनिसकेको अवस्थामा मधेश प्रदेश बाहेकका ६ वटा प्रदेश खेलकुद परिषद तथा बोर्डमा प्रदेश संघहरु दर्ता प्रक्रियामा गइसकेका छन्।

४ वर्षे कार्यकालमा सकभर सबै पालिकामा बुद्धिचाल संघ गठन गरिसक्ने।

खेलाडी संरक्षण कोषको स्थापना गर्ने।

खेलाडी, आर्विटर, ट्रेनर तथा अर्गनाईजरलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .