महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले युवा तथा खेलकुद मन्त्रालयको बेरुजु १ करोड ९४ लाख ८२ हजार रुपैयाँ देखाएको छ।
यो वर्ष ३ संगठित संस्थाको १४ करोड ९९ लाख १७ हजार रुपैयाँ बेरुजु देखाएकोमा फछ्यौट नभएको उल्लेख छ। तीमध्ये ७ करोड ६३ लाख ६५ हजार रुपैयाँ पेश्की रहेको छ। मन्त्रालयको बाँकी बेरुजु १४ करोड ९९ लाख १७ हजार रुपैयाँ छ।
प्रतिवेदन अनुसार विगतका प्रतिवेदनमा उल्लेख भएको नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी हुन नसकेको प्रगति न्यून रहेको, पूर्वाधार विकास कार्यक्रम अपेक्षित प्रगति हुन नसकेको, खेल मैदान तथा खेलकुद पूर्वाधार विकास कार्य प्रगति न्युन रहेको देखाएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले यो वर्ष राष्ट्रिय खेल संघलाई खेलकुद कार्यक्रम सञ्चालन गर्न सशर्त अनुदान ५९ लाख ६७ हजार खर्च लेखेको छ।
Shares
प्रतिक्रिया