ad ad

खेल


नेपाललाई स्कटल्याण्डबाट १४५ रनको सामान्य लक्ष्य

नेपाललाई स्कटल्याण्डबाट १४५ रनको सामान्य लक्ष्य

नेपालखबर
असार २९, २०७९ बुधबार १९:३१, काठमाडौँ

आइसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डबाट नेपालले १ सय ४५ रनको सामान्य लक्ष्य पाएको छ। 

बुधबार स्कटल्याण्डको ग्लासगोमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली ४२.५ ओभरमा १ सय ४४ रन बनाउँदा अलआउट भयो। 

स्कटल्याण्डलाई कम स्कोरमा रोक्न नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान ३ विकेट लिए। सोमपालले आफ्नो

दोस्रो ओभरको अन्तिम बलमा विकेट झार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। 

सोमपालले आफ्नो स्पलमा ४० रन खर्चे। आदिलले १० ओभरमा एक मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट झारे। सन्दीप लामिछानेले २ विकेट झारे। सन्दीपले १० ओभरमा ३५ रन दिए। करण केसीको नाममा एक विकेट रह्यो। करणले ९ ओभरमा ३१ रन खर्चे। 

दिपेन्द्र सिंह ऐरिले १.५ ओभरमा २ रन दिएर १ विकेट झारे। बसिर अहमदले २ ओभरमा ४ रन दिए। 

स्कटल्याण्डका गाभिन मेन र हम्जा तानिरले अन्तिम विकेटका लागि ४९ रनको साझेदारी गरे। स्कटल्याण्ड एक समय २९ ओभरमा ९५–९ को अवस्थामा रहेको स्कटल्याण्डका लागि गाभिन मेनले क्रिजमा जमेर खेले। 

गाभिन मेनले ६४ रनमा नटआउट रहे। ५९ बलको सामना गरेका मेनले ७ चौका र १ छक्का हाने। मार्क वाटले १७, सफ्यान सरिफले १६, कालुम म्याक्लियोडले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपाल जितको खोजीमा छ। नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .