इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन्।
मंगलबार हुने दक्षिण अफ्रिकासँगको खेलपछि उनले औपचारिकरुपमा सन्यास लिने भएका हुन्।
३१ वर्षीय स्टोक्सले सन् २०११ मा आयरल्याण्डविरुद्ध डेब्यु गरेका थिए। उनले अन्तर्राष्ट्रिय एकदिवसीयमा २ हजार ९१९ रन प्रहार गरेका छन्। जसमा तीन शतक पनि सामेल छन्। १०४ ओडीआईमा उनले ७४ विकेट लिएका छन्।
गत अप्रिलमा टेस्ट क्रिकेट टोलीको कप्तान बनेका स्टोक्सले टेस्ट र टी२० क्रिकेटलाई भने जारी राख्नेछन्।
स्टोक्सले आफूले तीन फरम्याटलाई अघि बढाउन नसक्ने भएकाले यो निर्णय लिएको बताएका छन्।
15
Shares
प्रतिक्रिया