जाल्टन इब्राहिमोभिक थप एक वर्ष एसी मिलानमा रहने भएका छन्।
आगामी अक्टोबरमा ४१ वर्ष पुग्न लागेका स्वीडेनका स्ट्राइकरले क्लबसँग थप एक वर्षको लम्ब्याउने सम्झौतामा हस्ताक्षर गरेका हुन्।
उनले गत सिजनमा क्लबको लागि आठ गोल गरेका थिए। गत सिजनमा एसी मिलानले इन्टर मिलानलाई हराउँदै सिरी एको उपाधि जितेको थियो।
गत मे महिनामा इब्राहिमोभिकलाई घुँटाको चोट देखिएको थियो। यससँगै उनी आठ महिना मैदान बाहिर रहन सक्ने अपेक्षा छ।
इब्राहिमोभिक सन् २०२० मा एसी मिलानमा आएका थिए।
उनले टोलीलाई ११ वर्षमा पहिलोपटक लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
24
Shares
प्रतिक्रिया