दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ६२ रनले पराजित भएको छ।
मंगलबार भएको खेलमा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३३ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि रासी भा डेर डुसेनले १३४ रनको शतकीय पाली खेले। त्यस्तै ऐडेन मार्करमले ७७ र जानेमन मलानले ५७ रनको पाली खेले।
जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ४६ ओभर ५ बलमा २७१ रनमा समेटियो।
इंग्ल्याण्डका लागि जो रुटले ८६ र जोनी बेयरस्टोले ६३ रनको पाली खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
दक्षिण अफ्रिकाका एन्रिच नोर्टजेले ४ विकेट लिए।
69
Shares
प्रतिक्रिया