बढ्दो कोरोना संक्रमणका कारण स्थगित भएको १९ औं एसियाली खेलकुदको नयाँ मिति सार्वजनिक भएको छ।
ओलम्पिक काउन्सिल अफ एसियाले मंगलबार एसियाडको नयाँ मिति तोकेको हो। नयाँ मिति अनुसार एसियाड अर्को वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा हुनेछ।
यसअघि सन् २०२२ को सेप्टेम्बर १० देखि २५ सम्म एसियाड हुने तयारी थियो। तर कोरोनाको सक्रमण बढेसँगै प्रतियोगिता स्थगित भएको थियो।
एसियाडका लागि नेपाली टोली पनि बन्द प्रशिक्षणमा छ। पहिलो चरणमा खेलाडी छनोट गरेर प्रशिक्षण सकिएको छ।
दोस्रो चरणको प्रशिक्षण केही समयपछि सुरु हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
15
Shares
प्रतिक्रिया