नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका मुख्य प्रशिक्षक पुबुदु दासानायके क्यानेडियन क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेका छन्।
क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो।
दासानायकेले व्यक्तिगत कारण देखाउँदै नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट बुधबार औपचारिक राजीनामा दिएका थिए।
स्कटल्याण्ड सिरिज अघि नै क्यानसामु राजीनामा दिएका दासानायकेले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका थिए।
उनको राजीनामा नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत गरिसकेको छ।
45
Shares
प्रतिक्रिया