अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बोलाइएको बैठक पनि स्थगित भएको छ।
यसअघि सोमबार बोलाइएको बैठक एन्फा अध्यक्ष पंकज नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो।
बिहीबार उनी उपस्थित भए पनि कार्यसमितिका उपाध्यक्षसहित केही सदस्यले हाजिर गर्न नमानेपछि बैठक स्थगित भएको एक सदस्यले बताए।
बिहीबारै एन्फाको विदेश विभाग प्रमुख नवीन पाण्डेलाई बहुमत सदस्यको सहमतिमा स्पष्टीकरण मागेर हटाउन निवेदन दर्ता भएको छ।
विधानविपरीत विदेशी नागरिक भएको, श्रम स्वीकृति नलिएकोलगायतका विषयमा आपत्ति जनाउँदै उनीविरुद्ध निवेदन दर्ता भएको हो।
39
Shares
प्रतिक्रिया